फुटबल र नेट सहयोग

संवाददाता
१४ आश्विन २०७८, बिहीबार १७:२९

हेटौडा \ हेटौडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिले हेटौडा – ९ मा रहेको मकवानपुर बेरोजगार युवा संगठनद्वारा संचालन हुन् लागेको सेभेन एसाइड फुटबल प्रतियोगिताका लागि २ थान फुटबल र १ सेट फुटबल नेट सहयोग गरेको छ ।

खेलकुद सामग्री नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले मकवानपुर बेरोजगार संगठनका अध्यक्ष सुरेश बेरोजगारलाइ हास्तान्तरण गरेका थिए ।

मकवानपुर बेरोजगार संगठनले हरेक वर्ष सेभेन एसाइड खेलको आयोजना गर्दै आइरहेको छ र खेल प्रतियोगितामा हेटौडा उपमहानगर वडा नम्बर ९ भित्रका टोल विकास संस्थाहरुको सहभागिता जनाउने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*