त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तेस्रो खेलमा आज नेपालले अमेरिकासँग खेल्दै

संवाददाता
१ आश्विन २०७८, शुक्रबार ०८:४७

काठमाण्डाै \ आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुँदैछ । गएको सोमवार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो ।

आज पनि जित निकाल्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रने छ । सोमवार अमेरिकालाई हराएको नेपाल गएको मङ्गलवार ओमानसँग भएको खेलमा भने पाँच विकेटले पराजित भएको थियो ।

लिग–२ मा नेपाल ६ खेलमा ६ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।  ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*