नेपाल र भारतले १–१ गाेलकाे बराबरी खेले

संवाददाता
१८ भाद्र २०७८, शुक्रबार ०९:०३

काठमाण्डाै \ मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गाेलकाे बराबरी खेलेका हुन् ।

दशरथ रङ्गशालामा भएकाे खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गाेल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गाेलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गाेलमा परिणत गरेका हुन् ।

तर नेपालकाे अग्रता दाेस्राे हाफमा रहन सकेन । भारतका  अनिरुध थापाले खेलकाे ६० औँ मिनेटमा गाेल गर्दै खेल बराबरीमा ल्याएका हुन् । नेपाल र भारतबीचकाे दाेस्राे मैत्रीपूर्ण फुटबल आउँदाे शनिवार दशरथ रङ्गशालामा नै हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*