७७ नम्बरकाे जर्सी प्रयाेग नगरिने

काठमाण्डौ \ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको जर्सी नम्बर ७७ नेपाली क्रिकेटमा प्रयोग नगरिने भएको छ । सर्वाधिक सफल कप्तानमध्येका एक खड्काको जर्सी नम्बर ७७ प्रयोग नगर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
गएको मङ्गलवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेपछि खड्काले नेपाली क्रिकेटमा दिएको योगदानको सम्मानमा उनले प्रयोग गर्दै आइरहेको जर्सी नम्बर ७७ प्रयोग नगरिने क्यानले जनाएको हो ।