क्रिकेटर पारस खड्का भन्छन्– ‘व्यवस्थापनमा आउन चाहन्छु’

संवाददाता
२० श्रावण २०७८, बुधबार १७:३८

काठमाण्डाै \  हिजाे मङ्गलवार अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले फरक भूमिकाबाट क्रिकेटमा जोडिने बताएका छन् । आज बुधवार पत्रकारसँगको भेटघाट कार्यक्रममा क्रिकेटको प्यासन सकियो र चुनौती सामना गर्न क्रिकेटसँग सम्बन्धित भूमिकामा नै फर्किने बताएका हुन् ।

यसअघि राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्काले मङ्गलवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासकाे घोषणा गरे । उनको घोषणाले समर्थकहरू आश्चर्यमा परेको भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहँदा पूर्वकप्तान खड्काले भने धेरै सोच विचार गरेर सन्न्यासकाे निधो गरेको बताए । अबको बाटो कुन भन्ने प्रश्नमा खड्काले क्रिकेट व्यवस्थापनमा आउन चाहेको प्रतिक्रिया दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*