५० किलोमिटर हेटौंडा कोरा यात्रा सम्पन्न

खबरबाकस \ साइकल चढौं स्वस्थ बनौं भन्ने मुल नाराका साथ स्थापना भएको हेटौंडा राइडर्स क्लबले समयसमयमा हेटौंडा कोरा आयोजना गर्दै आएको छ । कोरोना संक्रमणको कारण रोकिएका विभिन्न कार्यक्रमहरु लाई थोरै साइकल यात्रीहरुको सहभागितामा शनिबार हेटौंडा कोरा च्यालेन्ज सम्पन्न भएको छ । ५० किलोमिटर दुरीमा आयोजना गरिएको साइकल यातामा राइडर्सहरुले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
५० जना साइकलयात्रीहरुको सहभागिता रहेको यो कार्यक्रमले सामान्यजिवनमा फर्कन र शारिरीक स्वस्थ रहन भूमिका खेलेको हेटौंडा राइडर्स क्लबका अध्यक्ष विकास ताम्राकारले बताए । हेटौंडाको भूटनदेवी मन्दिरदेखी सुरु भएको साइकल यात्रा वुद्धचोकबाट चौकीटोल, वनस्खण्डी मन्दिर, सानोपोखरा, पिप्ले हुँदै चौघडा, चुच्चेखोला, राजदेवी, दोभानचौर, एक्लेखेत, हर्नामाडी, हटिया भएर कमाने, औद्योगिक क्षेत्रबाट कर्रा हुँदै पुनः बुद्धचोकमा आएर कार्यक्रम समापन भएको थियो ।
विगत ५ वर्षदेखि साउन महिनामा आयोजना हुने हेटौंडा कोरामा हेटौंडामा रहेका मठमन्दिरहरुको परिक्रमा गर्ने तालिका अनुरुप यो वर्ष पनि कार्यक्रम आयोजना गरिएको अध्यक्ष ताम्राकारले बताए । उनले कार्यक्रममा सहभागि हुने सबैलाई धन्यवाद दिएका थिए । देश कोरोनाको चपेटामा परेकाले उत्साहजनक रुपमा धेरै कार्यक्रमहरु आयोजना गर्न नसेको बताउदैं अध्यक्ष ताम्राकारले सहज अवस्था भएपछि अन्य कार्यक्रम सार्वजानिक गरिने बताए ।