ज्ञानेन्द्र र पारसले भने, हाम्रो चरित्र हत्या भयो

संवाददाता
८ श्रावण २०७८, शुक्रबार १०:५३

काठमाडौं \ राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा पूर्व कप्तानले आफूहरुको चरित्र हत्या भएको भन्दै एक अनलाइनमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का र क्यानका बोर्ड सदस्य छुम्बी लामाले अनलाईनमा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन्। उनीहरुले नेपालका लागि दुई दशक लामो समयदेखि क्रिकेट खेल्दै र टोलीको कप्तानी गर्दै आएका खेलाडीको चरित्रमाथि नै प्रश्न सोधिनु आफैमा नीच काम भएको उल्लेख गरेका छन्।

उक्त समाचारले खेलाडीहरु शक्ति गौचन, पारस खड्का, ज्ञानेन्द्र मल्ल र रुबिना क्षेत्रीको चरित्रमाथि दाग लगाउने काम भएको उनीहरुको निष्कर्ष छ। ‘तथ्यहीन कुरालाई लिएर व्यक्तिगत मानहानी गर्ने र खेलाडीको इज्जत प्रतिष्ठामा नै आँच पुर्याउने कार्यप्रति हामी खेद प्रकट गर्दछौं, विज्ञप्तिमा भनिएको छ’, ‘क्यान जस्तो स्वतन्त्र संस्थालाई कोही एक व्यक्तिले सीमित समयको अल्टिमेटम दिन कहाँसम्म को जायज कदम हो ’

बुधबार एक अनलाइनमा  ‘बलियो नेपालबारे क्यानलाई इपिएलका अख्तरको प्रश्न’ शिर्षकमा समाचार छापिएको थियो।

बलियो नेपाल भन्ने गैरनाफामूलक संस्थाले सामाजिक सञ्जाल क्लब हाउसमा आयोजना गरेको क्रिकेट छलफल कार्यक्रमलाई लिएर एभरेष्ट प्रिमियर लिग (इपिएल) का आमिर अख्तरले गैर नाफामूलक बलियो नेपाल अभियानको कार्यक्रममा सदस्य सँगै कप्तान र खेलाडी आबद्ध भएपछि क्रिकेट संघ नेपाल (क्यान) ले यसबारे अनुसन्धान गर्नुपर्ने माग गरेका थिए।  यो आरोप निराधार भएको भन्दै उनीहरुले बताएका छन्।

उक्त कार्यक्रममा खेलाडीहरु शक्ति गौचन, पारस खड्का, ज्ञानेन्द्र मल्ल, रुबिना क्षेत्री र क्यानका बोर्ड सदस्य छुम्बी लामा समेत सहभागी भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*