युरोकप: साबिक बिजेता पोर्चुगललाइ हराउँदै बेल्जियम युरोकपको क्वाटरफाइनलमा

संवाददाता
१४ असार २०७८, सोमबार ०९:४१

हेटौंडा \  साबिक बिजेता पोर्चुगललाई हराउँदै बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनको सेभियामा भएको प्रि-क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै बेल्जियम क्वाटरफाइनलमा पुगेको हो ।

बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले खेलको ४२ औं मिनेटमा निर्णायक गोल गरे । उनलेे थोमस मुनिएरको पासमा डि बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । पोर्चुगलले भने बेल्जियमविरुद्ध पाएको मौकामा गोल निकाल्न सकेन । पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए ।

जितसँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ ।
अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराउँदै इटालीले अन्तिम आठको यात्रा पक्का गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*