पत्रकार महासंघ बेलायतको निर्वाचनमा धाँधलीको आरोप, छानबिन गर्न प्रेस युनियनको माग

संवाददाता
१ असार २०७८, मंगलवार १७:०१

बेलायत/ नेपाल पत्रकार महासंघ बेलायत शाखाको जुन १३ मा भएको निर्वाचनमा मतपत्र र परिणाममा धाँधली भएको आरोप लगाउदै  नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।

महासंघका संस्थापक सदस्य तथा सल्लाहकार समेत रहेका नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौला र महासंघका निबर्तमान महासचिब तथा नेपाल प्रेस युनियन बेलायतका संस्थापक सहसंयोजक र हालका युरोप संयोजक संजय कंडेलद्वारा संयुक्त रुपमा जारी बिज्ञप्तिमा भनिएको छ – “गत मे ९ मा शाखाको कार्यसमितिको पुर्ण बैठकले गरेको निर्णय विपरीत निर्वाचन प्रक्रिया र पोस्टल भोटिङको परिणामले हामीले गरेको आशंकालाई पुष्टी गर्ने गरि परिणाम आएकोले हामीले त्यसलाई अस्वीकार गर्ने निर्णय गरेका छौ । हाल ध्रुवराज अर्याललाई एकलौटी रुपमा घोषणा गरिएको कमिटी अवैधानिक र धाँधलीपुर्ण निर्वाचनबाट आएकाले यसलाई मान्यता नदिन बेलायतवासी नेपाली समुदाय तथा संघसस्थाहरुलाई अपिल गर्दछौ।”

प्रेस बिज्ञप्तिको पूर्णपाठ :
______________________________

नेपाल पत्रकार महासंघ बेलायत शाखाको जुन १३ मा भएको निर्वाचनमा मतपत्र र परिणाम प्रति गम्भिर ध्यानाकषर्ण भएको छ । गत मे ९ मा शाखाको कार्यसमितिको पुर्ण बैठकले गरेको निर्णय विपरीत निर्वाचन प्रक्रिया र पोस्टल भोटिङको परिणामले हामीले गरेको आशंकालाई पुष्टी गर्ने गरि परिणाम आएकोले हामीले त्यसलाई अस्वीकार गर्ने निर्णय गरेका छौ । हाल ध्रुवराज अर्याललाई एकलौटी रुपमा घोषणा गरिएको कमिटी अवैधानिक र धाँधलीपुर्ण निर्वाचनबाट आएकाले यसलाई मान्यता नदिन बेलायतवासी नेपाली समुदाय तथा संघसस्थाहरुलाई अपिल गर्दछौ।

शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगी मगर, निर्वाचन समिति संयोजक तथा उनका नातेदार रमेश सिंह साराङकोटी, समिति सदस्य तथा महासंघ बेलायतका संस्थापक अध्यक्ष नविन पोखरेल र पुर्वअध्यक्ष तथा समिति सदस्य चिरन शर्माको मिलोमतोमा व्यापक धाँधली गरि पूर्वनिर्धारित योजना अनुसार परिणाम सुनाइएको छ । निर्वाचन समिति संयोजक साराङकोटीले एकल रुपमा पोस्टल भोट घरमा बुझ्ने र मतदाता पत्रकारहरु कस-कसको भोट पाएको वा नपाएको बारेमा जानकारी गराउने गरेको स्वयं उनले स्वीकार गरेका छन । यस्तो अवस्थामा कदापी निष्पक्ष निर्वाचन हुन सक्दैन भन्ने हाम्रो ठहर छ । निर्वाचन प्रक्रिया नै फेस नगरि दुई पटक जालझेलपुर्ण कार्य गरि अध्यक्ष भएका निवर्तमान अध्यक्ष खपांगी मगरको षडयन्त्रलाई हामी पर्दाफास गर्दै आगामी दिनमा सत्य-तथ्य बेलायतवासी नेपाली समुदायहरु र नेपाल पत्रकार महासंघ केन्द्रमा जानकार गराउने नै छौ ।

यसवीचमा पोस्टल भोटिङलाई धाँधली गर्न र पत्रकार मतदातालाई प्रभाब पार्न निर्वाचन समिति सदस्यद्वय पोखरेल र शर्माको फोन डिटेल जाँचबुझ गर्न निष्पक्ष छानविन समिति गठन गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अध्यक्ष बिपुल पोखरेल र उहाँको केन्द्रीय समिति समक्ष माग गर्दछौं ।

साथै, ह्यारोस्थित एक नेपाली रेष्टुरेन्टमा उपस्थित केहि एनआरएनएका व्यक्तिहरुको साथमा निर्वाचन समिति सदस्य पोखरेल र शर्मालगायतको गोप्य बैठकको सिसिटिभि फुटेज मगाएर छानविन गरि षडयन्त्रको पर्दाफास गर्न समेत जोडदार माग गर्दछौ (उक्त स्थान र समयको बारेमा केन्द्रिय अध्यक्ष र केन्द्रिय प्रतिनिधिलाई प्रमाणसहित उजुरी पठाईसकिएको छ)। केन्द्रीय निर्वाचन प्रतिनिधिका रुपमा रहेका वरिष्ठ पत्रकार भगीरथ योगीलाई निर्वाचन निष्पक्ष हुन नसकेको उजुरीका बारेमा केन्द्रलाई जानकारी गराउन चेतावनी दिन्छौ । कसैको दवाव र धम्कीमा नआई निष्पक्ष निर्वाचन हुन नसकेको प्रतिवेदन जस्ताको तेस्तै पठाउन समेत आग्रह गर्दछौं। अन्यथा अझ कडा र सशक्त कदम चाल्न बाध्य हुने चेतावनी समेत दिन चाहन्छौं।

– बिपिन निरौला (अध्यक्ष ,नेपाल प्रेस युनियन बेलायत )
-संजय कंडेल (संस्थापक सहसंयोजक ,नेपाल प्रेस युनियन बेलायत / संयोजक , नेपाल प्रेस युनियन युरोप )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*