नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाचौं अधिबेसन सम्पन्न, अध्यक्षमा ध्रुवराज अर्याल विजयी

संवाददाता
३१ जेष्ठ २०७८, सोमबार ०६:२६

बेलायत /  नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाचौं अधिबेसनबाट अध्यक्षमा ध्रुवराज अर्याल विजयी बनेका छन् ।

निर्वाचन समितिले घोषणा गरेको नतिजाअनुसार अध्यक्ष निर्वाचित अर्यालले २६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी अर्का उम्मेदवार श्याम लुईंटेलले १६ मत प्राप्त गरेका छन । अध्यक्ष पदका दुवै उम्मेदवार यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए ।

त्यसैगरी, शाखाको वरिष्ठ उपाध्यक्षमा ३२ मतसहित दिनेशकुमार परियार विजयी भएका छन। उनका प्रतिस्पर्धी सञ्जयभक्त कंडेलले १० मत प्राप्त गरेका थिए । महासचिव पदमा २७ मत ल्याएर नरेन्द्र बस्नेत विजयी भएका छन् । उनका प्रतिस्पर्धी जगन कार्कीले १५ मत प्राप्त गरेका छन।

शाखाको १५ सदस्यीय कार्यसमितिका अन्य सबै पद निर्विरोध भएपनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि निर्वाचन भएको हो । जम्मा ४३ मतदातामध्ये ३८ जनाले पोस्टल मतदान गरेका थिए भने बाँकी ५ जनाले आइतबार प्रत्यक्ष मतदान गरेका हुन् । ती मध्ये १ भोट भने बदर भएको थियो ।

नव निर्बाचित अध्यक्ष ध्रुवराज अर्याल

पत्रकार महासंघ बेलायतको नयाँ कार्यसमितिको उपाध्यक्षमा शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा एसके गुरुङ, सहकोषाध्यक्षमा सुरेन्द्र इंग्नाम तथा सदस्यहरुमा गोमा राना, नरेन्द्र नेम्वाङ र जयराम तामाङ निर्विरोध निर्वाचित भइसकेका छन् । कार्यसमितिका बाँकी तीन सदस्य पछि मनोनित गरिनेछन् ।

शाखाको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ । अधिवेशन केन्द्रिय प्रतिनिधि वरिष्ठ पत्रकार भगिरथ योगीद्वारा निर्वाचित समितिलाई शपथ शपथ ग्रहण गराईएको थियो।

शाखाको पाँचौं समितिको निर्वाचन रमेश सराङकोटी नेतृत्वको निर्वाचन समितिले गराएको थियो । समितिमा शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य तथा सोलिसिटर दीपक भट्टराई कानूनी सल्लाहकार थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*