पत्रकार महासंघ युकेको पाँचौँ अधिवेसन: उम्मेदवारको अन्तिम नामावली प्रकाशित

बेलायत/ नेपाल पत्रकार महासंघ युके शाखा, पाँचौँ अधिवेशन निर्वाचन समितिले यही जुन १३ मा हुने निर्बाचनका लागि आज साँझ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ। महासंघ बेलायत शाखाको वेबसाईट मार्फत सार्वजनिक जानकारी अनुसार अध्यक्ष पदका लागि २ जना ध्रुबराज अर्याल र श्यामकुमार लुइटेलको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा दिनेश कुमार परियार र संजयभक्त कँडेलको प्रतिस्पर्धा हुने भएको छ। त्यस्तै, महासचिबमा पनि नरेन्द्रकुमार बस्नेत र डा. जगन्नाथ कार्की चुनाबी मैदानमा उत्रिने पक्का भएको छ। अन्य पदहरुमा भने निर्विरोध हुने भएको छ।
नेपाल पत्रकार महासंघ युके शाखाको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार तोकिएको समयसीमाभित्र परेका उम्मेदवारीमाथि दाबीविरोध र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन दिइएको समयसीमा भित्रमा उम्मेदवारी फिर्ता भएपछि निम्नानुसारको अन्तिम उम्मेदवारी कायम रहेको जनाएको छ। साथै पोस्टल भोटिङका लागि मतपत्र मगाउनु हुने सदस्यहरुले जुन २ तारिख बिहान १० बजेसम्ममा fnjukelection2021@gmail.com मार्फत आफनो ठेगाना पठाउन समेत अनुरोध गरेको छ ।
पद | संख्या | नाम | |
अध्यक्ष | १ | १. ध्रुवराज अर्याल | |
२. श्यामकुमार लुइँटेल | |||
वरिष्ठ उपाध्यक्ष | १ | १. दिनेशकुमार परियार | |
२. सन्जयभक्त कँडेल | |||
उपाध्यक्ष (खुला) | १ | १. शिव भण्डारी | |
उपाध्यक्ष (महिला) | १ | १. प्रमिला लाबुङ राई | |
महासचिव | १ | १. नरेन्द्रकुमार बस्नेत | |
२. जगन्नाथ कार्की | |||
सचिव | २ | १. मन्जु भण्डारी खरेल | |
२. खेमराज रानाभाट | |||
कोषाध्यक्ष | १ | १. सविन्द्रकुमार गुरुङ | |
सहकोषाध्यक्ष | १ | १. सुरेन्द्र इङनाम | |
सदस्य | ६ | १. गोमा राना | |
२. नगेन्द्रराज नेम्वाङ | |||
३. जयराम तामाङ |