चितवनमा ६ जना संक्रमितको मृत्यु,१७३ संक्रमित थपिए

चितवन \ चितवनमा आज एकैदिन ६ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार ६ जना मृतक मध्ये भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा ३ जना र अन्य अस्पतालमा १ जनाको निधन भएको छ । त्यसैगरी विगत २४ घण्टामा चितवनको विभिन्न अस्पतालबाट ५८ जना डिस्चार्ज भएका छन् ।
चितवनका विभिन्न अस्पतालमा अहिले ३५३ जना कोरोनाका बिरामी भर्ना गरेर उपचाररत छन् । जसमध्ये आईसीयूमा १७८ जना, भेन्टिलेटरमा ४५ जना, एचडीयूमा ३६ जना र सामान्य बेडमा १३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चितवनमा २४ घण्टामा १७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले जनाएअनुसार भरतपुर महानगरमा ११८ जना नयाँ संक्रमित थपिएका छन् जुन जम्मा संक्रमितको झण्डै ७० प्रतिशत हुन आउँछ । त्यस्तै खैरहनी नगरपालिकामा ५ जना, माडी नगरपालिकामा १६ जना, रत्ननगर नगरपालिकामा ९ जना, राप्तीमा ३ जना, कालिकामा २१ जना र इच्छाकामना गाउँपालिकामा १ जना थपिएका छन् । यो सँगै चितवनमा संक्रिय संक्रमितको संख्या चार हजा ८४५ पुगेको छ ।