बेलायतमा ‘इन्डियन भेरिएन्ट’ को त्रास बढ्यो, खोप नलगाउनेहरु बढी प्रभावित

संवाददाता
५ जेष्ठ २०७८, बुधबार ०९:०४

लन्डन \  बेलायतमा पछिल्लो समयमा कोरोनाको प्रभाव निरन्तर ओरालो लाग्दै  गइरहेको छ । तर, विगत केही दिनयता ‘इन्डियन भेरिएन्ट’ को संक्रमण तीव्र भएपछि बेलायत कोरोना संक्रमणको तेस्रो लहरको मारमा पर्न सक्ने सम्भावना बढेको छ ।

बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले सोमबार दिएको जानकारीअनुसार हालसम्म २ हजार ३२३ मा इण्डियन भेरिएन्ट भाइरस पुष्टि भइसकेको छ । गत हप्ताको तुलनामा यसको संक्रमण दुई गुणाले बढेको पनि उनले बताए । यसअघिको तुलनामा यो भाइरस झन्डै ५० प्रतिशत बढी संक्रामक रहेको वैज्ञानिकहरुले बताएका छन् ।

पछिल्लो २४ घन्टामा बेलायतमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ६९१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ५० हजार ३९२ पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या करिब ४५ हजार रहेको छ भने छ ४२ लाख ८० हजार भन्दा बढी संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

खोप नलगाएका व्यक्ति बढी प्रभावित

हाल जारी कोरोनाविरुद्धको खोप कत्तिको प्रभावकारी छ भन्ने बारेमा अझै अनुसन्धान जारी छ । बेलायतको पछिल्लो तथ्यांकलाई मूल्यांकन गर्दा खोप नलिएका व्यक्ति बढी प्रभावित देखिएका छन् । १८ जना अस्पताल भर्ना भएकामध्ये ५ जनाले सिंगल डोज मात्र लगाएका, एकजनाले दोस्रो डोज पनि लगाएका र बाँकी १२ जनाले खोप नलगाएको तथ्यांक सार्वजनिक भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*