आर्मी फाइनलमा प्रवेश, उपाधिका लागि मकवानपुर ११ सँग भिड्ने

संवाददाता
५ चैत्र २०७७, बिहीबार २०:०४

सिधाखबर \ हेटौँडामा जारी स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागी विभागीय टोली नेपाल आर्मी र आयोजक मकवानपुर ११ भिड्ने भएका छन् ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनलाई हराउँदै विभागीय टोली नेपाल आर्मी फाइनल प्रवेश गरेसँगै आर्मी र आयोजक मकवानपुर उपाधिका लागी भिड्ने भएका हुन् । वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले विदेशी क्लब अरासलाइ १–० गोल अन्तरले हरायो ।

आर्मीको जितका लागी आशिष शाक्यले गरेको एकमात्र गोल निर्णायक बन्यो । बिहीबारको खेलको म्यान अफ दी म्याच आर्मीका क्याप्टेन टेक बहादुर बुढाथोकी घोषित भए । उनले नगद रु १० हजार पुरस्कार प्राप्त गरे । खेलको फाइनल चैत ७ गते हुनेछ भने विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*