जनगणनामा युवा पुस्तालाई समेट्ने प्रयास

संवाददाता
२५ फाल्गुन २०७७, मंगलवार १८:५०

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेइंग्ल्याण्ड समन्वय राज्यपरिषद्ले आगामी २१ मार्चमा हुने जनगणनामा युवा तथा नयाँ पुस्तालाई समावेश गर्न पहल गरेको छ । इंग्ल्याण्ड समन्वय परिषद्ले  बेलायतस्थित नेपाली नयाँ पुस्तालाई जनगणनामा सहभागी गराउन सोमबार जुम अन्तरक्रिया आयोजना गयो  ।

एनआरएनए युकेइंग्ल्याण्ड समन्वय राज्यपरिषद् जनगणना सचेतना कार्यक्रमकी  युवा संयोजक अहिल्या कुवरले संयोजन गरेको कार्यक्रममा सिएनएस युके अध्यक्ष तथा अक्सफोर्ड विश्व विद्यालयका प्राध्यापक  डा कृष्ण अधिकारी र ओएनएसका समीर गुरुङले जनगणनाको महत्वका बारेमा युवा पुस्तालाई जानकारी गराएका थिए । उनले विगतमा गरिएको जनगणनाका बारेमा विस्तृत जानकारी गराएका थिए । त्यस्तैगुरुङले जनगणनामा बेलायत सरकारले कसरी काम गरिरहेको छ भन्ने बारेमा जानकारी दिए । उनले जनगणनाका बारेमा केही जिज्ञासा भए एनआरएनए युके र सिएनएस युके मार्फत काम गरिरहेको जानकारी गराए ।   

सचेतना कार्यक्रममा जनगणनाको  महत्वकै बारेमा चेल्सी गुरुङले मन्तव्य राखेकी थिइन । बेलायतमा  जन्मिएका युवा पुस्तालाई समेटिएको जुम सचेतना अन्तरक्रियामा सहभागी सबै लाई परिषद् सचिव गोविन्द खरेलले स्वागत गरे  । जनगणना कार्यक्रमका संयोजक तथा एनआरएनए युके इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दिपक श्रेष्ठले  युवा पुस्ताले जनगणनामा सहभागिता जनाई भविष्यमा नेतृत्व लिनु पर्ने बताए । 

जुम अन्तरक्रियामा सहभागी युवाहरुलाई सम्बोधन गर्दै एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङले जनगणनामा सहभागी हुन र एथ्निसिटीबारे सोधिएको प्रश्नमा  नेपाली‘ लेख्न विशेष अनुरोध गरिन् । सुस्मिता थापाले संचालन गरेको सचेतना अन्तरक्रियामा सहभागीहरुलाई युवा  संयोजक कुवरले धन्यवाद ज्ञापन गरेकी थिइन् ।  उक्त अन्तरक्रियामा एनआरएनए युके उपाध्यक्ष रोजीना राई र महिला संयोजक प्रसुना कंडेलले पनि जनगणनाको बारेमा आ आफ्नो धारणा राखेका थिए । 

बेलायतको होम अफिसका अनुसार करीव ४० हजार नेपालीले बेलायती पासपोर्ट लिइसकेका छन्  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*