दक्षिण एसियाकै पहिलो सुरुङका निर्माणकर्ता थापाको अर्धकदको प्रतिमुर्ति निर्माण

संवाददाता
२५ फाल्गुन २०७७, मंगलवार १५:१९

हेटौंडा वडा नम्बर–१५ चरियामाई मन्दिर परिसरमा रहेको दक्षिण एसियाकै पहिलो सुरुङका परिकल्पनाकार तथा निर्माणकर्ता डिल्लीजंग थापाको अर्धकदको शालिकको अनावरण गरिएको छ ।

मंगलबार नेपालका प्रथम ग्राजुएट सिभिल इन्जिनियर ब्रिगेडियर कर्णेल थापाको अर्धकदको शालिक हेटौंडा मेयर हरि बहादुर महतले अनावरण गर्नुभएको हो । उपमहानगरपालिकाको ५ लाख बजेटमा शालिक स्थापना गरिएको हो । बारा र मकवानपुरको सिमानामा अवस्थित चुरियामाइ सुरुङको संरक्षण र यस मन्दिर वरपर पानी खुवाउने लगायतका हरेक क्षेत्रमा उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ ।

अनावरण पश्चात बोल्दै मेयर महतले दक्षिण एसियामै पहिलो पटक सुरुङ निर्माण गर्ने थापाको इतिहासलाई जोगाउन कुनै कसुर नराखी सहयोग गरिने बताउनुभयो । अहिलेलाई अर्धकदको प्रतिमुर्ति राखिएको र बाकीँ अन्य काम विस्तारै गर्दै लैजाने बताउनुभयो । हेटौंडाको टिसीएनको टोली हेगन पार्कका निर्माता र सुरुङ निर्माणकर्ता थापाले इतिहासमा गरेको कामलाई स्थानीय सरकारले संरक्षण गरेको मेयर महतले बताउनुभयो । दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङ भएकाले यसलाई विश्वसामु चिनाउन उपमहानगरपालिकाले विगतदेखि नै संरक्षण कार्य गर्दै आएको उहाँले बताउनुभयो ।

No description available.

चिफ इन्जिनियर थापाले आफ्नो कार्यकालमा देशका १२ वटा महत्वपूर्ण भौतिक संरचनाको डिजाइनका साथै निर्माण गराउनुभएको थियो । हेटौंडा—काठमाडौं रोपवे, १९९० सालको भूकम्पपछि भत्किएको धरहरा र घण्टाघरको पुनर्निर्माण, काठमाडौंमा रहेका राणाजीहरूका दरबार, नेपालको प्रथम रेल वे जनकपुर–जयनगरको पनि उहाँले नै डिजाइन गरेका थिए । कार्यक्रममा कर्णेल थापाकी नातिनी चन्दा थापा राणा, वडा नम्बरका वडा अध्यक्ष महारत्न लामा, वडा १ का अध्यक्ष सविन न्यौपाने, चुरियामाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर बोम्जन, प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरे लगायतले आफ्ना भनाइ राखेका थिए ।

थापा तत्कालीन पूर्वी नेपाल तथा ईलामका बडाहाकिम कर्णेल गजराज सिंह थापा तथा श्री ३ जङ्ग बहादुर राणाका जेष्ठ सुपुत्री बदन कुमारी थापाका नाति तथा बृ.क. हर्ष जङ्ग थापा तथा दीप राजेश्वरी थापाका काहिंला सुपुत्रको रुपमा वि.सं १९५० मा जन्मिएका र ५२ वर्षको उमेरमा वि.सं २००२ साल चैत्रमा निधन भएको थापाकी नातिनी चन्दा थापा राणाले बताउनुभयो ।

यसलाई मर्मत गरेर व्यवस्थित गर्दै फेरि अवलोकनका लागि खुला गर्ने योजना पटक–पटक बनेको छ । तर, संरक्षणका लागि प्रभावकारी योजना नबन्दा समस्या छ । बागमती प्रदेश सरकारले यस सुरुङको मर्मत सम्भारका लागि यस वर्ष ५ करोड बजेटको टेण्डर प्रक्रिया खुलाइ सकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*