बेलायतको जनगणनामा नेपाली समुदायलाई सहभागिता गराउने तयारी तीव्र

संवाददाता
२२ फाल्गुन २०७७, शनिबार ०३:४०

लण्डन । बेलायतवासी नेपालीहरू करीव दुई सातामा आउने जनगणना २०२१ का लागि तयारी अवस्थामा छन् । नेपाली समुदायमा एनआरएनए युके इंग्ल्याण्ड राज्य परिषद्को नेतृत्वमा स्थानीय संघसस्थाहरुले बेलायतभर चलाएको अभियानले नेपाली सहभागिता तयारी अवस्थामा पुगेको हो ।  नेपाली पहिचान स्थापना गर्नका लागि गत २९ जनवरी देखि इंग्ल्याण्ड राज्य परिषदले नेपाली समुदाय माझ घनिभूत रूपमा काम गर्दै आएको छ ।

यस अभियानमा परिषद् अध्यक्ष  दीपक श्रेष्ठसहितको  सिंगो कार्यसमिति लागि परेको छ ।  परिषद्ले बेलायतमा सक्रिय सयौं नेपाली संस्थाहरूसँग समन्वय गरी जनचेतना र जनजागरण अभियान चलाई रहेको छ  । आगामी २१ मार्चसम्म नै जनचेतना तथा जागरण अभियान तीव्रपारी कार्यक्रम गरिरहेको छ । त्यसका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ । उनीहरुले पनि आआफ्नो क्षेत्रमा काम गरिरहेका छन् ।

जनगणना अभियानमा नेपाल अध्ययन केन्द्र  (सिएनएस) युकेका डा. कृष्ण अधिकारीनरेश खपांगी मगर र बेलायत सरकारको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएसका कम्युनिटी सल्लाहकारहरू समीर गुरूङ तथा मैयाँ केसी डंगोलले निरन्तर योगदान दिइरहेका छन् ।  प्रथम चरणमा बेलायतमा सक्रिय नेपाली संघसंस्थाहरुका विवरणहरु संकलन र अद्यावधिक गर्ने काम कार्यसमितिले गरिसकेको छ ।

ओएनएसका एसिया तथा नेपाली समुदाय हेर्ने अधिकारीहरूसंग पनि निकट सम्पर्क र समन्वयमा रहने नीति बनाइ जनचेतनाका लागि ओएनएसबाट स्वीकृति प्राप्त गरि नेपाली भाषाको पोस्टर तथा  सिएनएससंग मिलेर तयार पारिएको नेपाली भाषामा न्यूजलेटर नेपाली समुदायमा हाल वितरण गरिंदैछ । त्यसैगरी फेसबुकमा जनगणना सचेतनाको फ्रेम बनाएर अभियानलाई चुस्त बनाइएको छ।

 

सन २०११ को जनगणनामा धेरै नेपालीहरुले जातीयतामा गोर्खागुरुङनेवार, मगरलिम्बुमैथिलीतामाङ  लगायत छुट्टाछुट्टै जाति लेखेर  विभाजित भइ नेपालीको संख्या कम देखिएकोले यो जनगणनामा सो समस्या हुन नदिन बहुसंख्यक संघसंस्थाहरूले व्यापक अभियान चलाउने र नेपाली लेख्ने निर्णय भैसकेको छ ।

रोयल ग्रीनविच नेपाली समाज ग्रान्थम नेप्लिज समाज, डार्टफोर्ड नेपाली समाजतमु समाज यूकेबेक्सी नेपाली समाजक्षेत्री समाज युकेतमुधी युकेमिडल्यान्डका नेपाली समाजहरू एवं ईनास युकेले हालसम्म भर्चुअल बैठकहरु मार्फत जनचेतना फैलाउने कार्यक्रम गरिसकेका छन् भने यसरी नै अझै धेरै समाजहरूले कार्यक्रम ल्याउंदैछन् ।

ईनास यूकेसंग सहकार्य गर्दै लोकप्रिय कलाकार एवं सार्बजनिक ब्यक्तित्वहरुको सद्भाव र प्रभाव पनि प्रयोग गर्ने नीति अनुरुप वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठहरिबंश आचार्यप्रख्यात हास्य कलाकार सन्दीप छेत्रीबुद्धि तामाङदमन रूपाखेतीवरिष्ठ गायिका मीरा राणायोगेश्वर अमात्य, नलिना चित्रकारशर्मिला बर्देवाजेम्स प्रधाननायक धिरेन्द्र शाक्यरबिन्द्र खड्काद्बन्द निर्देशक तथा निर्माता राजेन्द्र खड्गी ,आवाजको दुनियाका साथी दिनेश डिसी, नृत्य निर्देशक राजु शाह, नरेन्द्र थापा लगायत दर्जनौं नेपाली कलाकारगायक गायिकाहरूले पनि जनगणना सहभागिता तथा नेपाली लेख्न अपिल सहितको छोटो प्रभावकारी भिडियो क्लिपहरु तयार गरि सार्वजनिक गरिसकिएको छ भने यसै सन्दर्भमा जिङगल बनाएर भिडियो तथा रेडियो मार्फत प्रचार प्रसार गरिरहेको छ ।

जनगणनामा छुट्न सक्नेसहयोग आवश्यक पर्न सक्ने  र स्वयंसेवामा तत्काल परिचालन गर्न सकिने अवस्था पहिचान गरि संघसंस्था समन्वय कार्यदल (सहसंयोजकद्वय गजेन कटुवाल र महेश अधिकारी)गोर्खा सम्बद्ध कार्यदल (संयोजक क्याप्टेन महेन्द्र लिम्बू)हेल्पलाइन कार्यदल (संयोजक ईन्जिनियर पुन्य रेग्मी)सिनियर  नागरिक कार्यदल (संयोजक कुमार श्रेष्ठ)एथ्निक कार्यदल (संयोजक राम धन राई)मोबाइल सहयोग कार्यदल (संयोजक बिक्रम भट्टराई)स्वयंसेवक कार्यदल (संयोजक जीवन सेन)आईटी  कार्यदल (संयोजक ह्यारी गुरूङ)मिडिया कार्यदल  (संयोजक श्याम लुर्इटेल)महिला कार्यदल (संयोजक प्रसुना कंडेल ) र युवा कार्यदल ( संयोजक अहिल्या कुंवर) गरी एघार वटा अत्यन्तै चुस्त र परिणाममुखी कार्यदलहरु बनाइ सक्रिय पनि भैसकेका छ्न् ।

इंग्ल्याण्ड राज्य परिषदले बेलायतस्थित संघसंस्थाहरु एबं जनमानसमा यी कार्यदलहरुको सेवा लिन र समन्वयमा साथ दिनुहुन हार्दिक अनुरोध गरेको छ । यी कार्यदलहरुमा समावेश भई सेवा र योगदान गर्न इच्छुक सवैलाई  सम्पर्क गर्न पनि अनुरोध गरेको छ।

परिषदले जनगणना दर्ता प्रभावकारी बनाउन जनगणना दर्ता गरिसकेका ब्यक्तिहरुले क्रमैसंग आआफ्नो नाम र दर्ता भएका परिवार वा बस्नेहरुको संख्या तथा जम्मा दर्ता संख्या पनि आ आफ्नो समाजको भाइवरह्वाटसएप वा अन्य औपचारिक सामाजिक सन्जालमा अदयावधिक गरि दर्ता गर्न बाँकी सदस्स्यहरुलाई प्रेरित गर्न सकिने हुदा जनगणना दर्ता पोस्टको ट्याबलेट बनाइ सवै संस्थालाई वितरण गरिएको छ।

जनगणनामा अधिकतम नेपालीहरुलाई समावेश गराइ नेपाली पहिचान स्थापना गर्ने चुनौतीलाई अवसरमा बदल्ने अठोटका साथ इंग्ल्याण्ड राज्य समन्वय परिषदले बेलायतका सवै संस्थाहरुसंग समन्वय गर्दै अघि बढेको छ।

यो अभियानलाई सार्थक र परिणाममुखी बनाउन ब्यक्तिगतसंस्थागत जिम्मेवारी  निर्वाह गरि हामी नेपाली र हाम्रो सन्ततिको उज्ज्वल भविष्य  बनाउने अभियानमा सहभागी होऔ र अरुलाई पनि प्रेरित गरौं भनि इंग्ल्याण्ड राज्य समन्वय परिषदले आव्हान पनि गरेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*