प्रदेश एन्फा अध्यक्षमा हेटौंडाका श्रेष्ठ,सचिवमा ढकाल चयन

हेटौंडा \ अखिल नेपाल फुटबल संघ एन्फाको बागमती प्रदेशको तदर्थ समितिको अध्यक्षमा हेटौंडाका राजेन्द्र श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ एन्फाका पूर्व केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष हुन् ।
उनीसंग एन्फा प्रदेश समितिमा मकवानपुरका अन्य ३ जना चयन भएका छन् । एन्फा बागमती प्रदेश सचिवमा दीपेन्द्र ढकाल तथा सदस्यमा सुदिप राजबाहक र लवराज ठकुरी चयन भएका हुन् । तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा दीपक चित्रकार, उपाध्यक्षमा निरज श्रेष्ठ, सहदेव ब्यञ्जनकर र मनराज गोदार रहेका छन् ।
त्यस्तै कोषाध्यक्षमा श्रीकृष्ण कार्की, सह–कोषाध्यक्षमा दिवा सागर श्रेष्ठ, सचिवमा गोविन्द श्रेष्ठ र दीपेन्द्र ढकाल रहेका छन् । समितिको सदस्यमा लक्षु देवकोटा, बाबुराजा श्रेष्ठ, लवराज ठकुरी, सुदिप राजबाहक, अजब श्रेष्ठ, बाबुकृष्ण महर्जन, किशोर हेक्का, अनिल शाक्य र जीवन लामा रहेका छन् ।