बेलायतमा २४ घन्टाभित्र ३३३ संक्रमितको मृत्यु

लन्डन \ बेलायतमा कोरोना संक्रमणको दर केहि दिनयता लागातार ओरालो लाग्दै गएको छ । कोरोना संक्रमित र मृतक संख्यामा पछिल्ला दिनमा एकमहिनायताकै कमी भएको हो । पछिल्लो २४ घन्टामा थप ३३३ जनाको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख १२ हजार ७९८ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी दिएको छ।
फेब्रुअरी ४ सम्मको तथ्याँक अनुसार बेलायतका अस्पतालमा २९ हजार ३२६ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ५०५ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।
बेलायतमा एक करोड २२ लाख बढीले लगाए खोप
सोमबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा एक करोड २२ लाख भन्दा बढीले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् ।
डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड २२ लाख ९४ हजार ६ जनाले खोपको पहिलो डोज लिएका हुन् । जसमध्ये पांच लाख १२ हजार ५८१ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।