हेटौंडा गोल्ड कप : उपाधि आयोजक एफसी विजय युथलाई

संवाददाता
२३ माघ २०७७, शुक्रबार २०:०७

हेटौंडा \ भिडोल विजय युथ हेटौंडा गोल्डकप’ को उपाधि आयोजक क्लब एफ.सी विजय युथ क्लबले आफ्नो पोल्टामा पारेको छ । शुक्रबार हेटौंडामा भएको फाइनल प्रतिस्पर्धामा सेन्ट्रल कलेज वि.एफ.सी भरतपुरलाई २–१ गेल अन्तरले विजय युथ क्लब विजयी भएको हो । हेटौंडा १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको फाइनल खेल पहिलो हाफमा खेल गोल रहित बराबरी भएको थियो ।

खेलको दोस्रो हाफको ५७ मिनेटमा सेन्ट्रल कलेजका रन्जित आलेमगरले बललाई जाली चुमाउन सफल भए । खेलको ६० औं मिनेटमा विजय युथका सन्त गुरुङले कर्नरबाट आएको बललाई हेड मार्फत गोल पश्चात गोल बराबरीमा पुराएका थिए । बराबरी गोल पश्चात खेल रोमान्चित भएको थियो । दुबै क्लबले कडा प्रतिस्पर्धाका साथ खेल भएका थियो । खेलको ६६ औं मिनेटमा विजय युथलाई पेनाल्टीको अवसर पायो र सोही अवसरको सदुपयोग गर्दै रुपेश केसीले गोलकिपर मनोज गुरुङलाई छ्क्याउदैं बललाई जाली चुमाउन सफल भए । केसीले गरेको गोलनै फाइनल खेलको निर्णायक गोल बन्न पुग्यो । खेलको म्याच अफ दि म्यान विजय युथका सन्त गुरुङ भएका थिए ।

No description available.

खेल प्रतियोगिताको विजेता एफ.सी विजय युथले नगद तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेभने उपविजेता सेन्ट्रल कलेज भरतपुरले नगद एक लाख पचास हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । आयोजक विजय युथ क्लबले विधागत पुरस्कारमा नगद सात हजार पाँच सय सहित मिल्डफिल्डमा एफ.सी विजय युथका विश्व अधिकारी, गोलकिपरमा एफ.सी विजय युथका अशोक बराल, डिफेन्समा एफ.सी विजय युथका सुरज विष्ठ, फरर्वाडमा एफ.सी विजय युथका विमल राना, बेस्ट कोच एफ.सी विजय युथका सुविन घिमिरे, खेल अवधिमा सर्वाधिक गोलकर्ता सेन्ट्रल कलेजका जोन ग्लोरी पुरस्कृत भएका छन् । ग्लोरीले खेल अवधिमा सेन्ट्रल कलेजका लागि पाँच गोल गरेका थिए । खेलको सर्वोत्कृष्ट खेलाडी नगद पन्ध्र हजार सहित एफ.सी विजय युथका रुपेश केसी भएका छन्, । केसीले फाइनल खेलमा पेनाल्टी मार्फत गोल समेत गरेका थिए ।

बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीले विजेता–उपविजेतालाई पुरस्कार प्रदान गर्नुभएको प्रतियोगिताका कार्यक्रम संयोजक राजेश भेटवालले बताउनुभयो । खेलमा १० वटा टिमले सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*