विजय युथ र सेन्ट्रल कलेज विजयी

संवाददाता
१८ माघ २०७७, आईतवार २०:४७

हेटौंडामा जारी भिडोल विजय युथ हेटौंडा गोल्डकपमा आज दुई खेल भएका छन् । आइतबार भएको खेलमा विजय युथ क्लब हेटौंडाले सर्लाही फुटबल संघको टिमलाई २–० गोल अन्तरले पराजित गरेको छ । विजय युथका लागि विदेशी खेलाडी साहिद र हिसुब थपलियाले १-१ गोल गरेका थिए । साहिदले खेलको पहिलो हाफको छैठौं मिनेट र हिसुबले दोस्रो हाफको ७२ औं मिनेटमा गोल गरेका थिए । उक्त खेलको हेटौंडाका विमल राना म्यान अफ द म्याच चुनिएका थिए।

सर्लाहीको टिममा २० वर्ष मुनीका स्थानीय युवा खेलाडीहरु रहेको र हेटौंडाको विजय युथमा भने ३ विदेशी खेलाडी सहित राष्ट्रिय टोली सदस्य खेलाडी रञ्जन विष्ट पनि थिए ।

यसैगरी अर्को खेल भरतपुरको सेन्ट्रल कलेज र एफ.सी रियाले काठमाडौंबीच भएको थियो । सेन्ट्रल कलेजका लागि विदेशी खेलाडी जोन ग्लोरीले ह्याट्रिक गरे । ग्लोरीले ३५, ३७ र ६९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । भरतपुरका लागि रञ्जित आले मगरले १८ औं मिनेटमा गोल गरेका थिए । मगर प्रतियोगितामा म्यान अफ द म्याच समेत भए ।

काठमाडौंका लागि रञ्जित तिवारीले ५७ औं मिनेटमा एकमात्र गोल गरेका थिए । दश टोली सहभागी प्रतियोगिताको फाइनल माघ २३ गते हुने कार्यक्रम संयोजक राजेश भेटवालले बताए । प्रतियोगिताको विजेताले नगद तीनलाख र उपविजेताले नगद एकलाख ५० हजार रुपैया प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*