हेटौंडा भेट्रान्स कपः बगरभाई खलक पोखरा र सानो गौचरण फाइनलमा प्रवेश

संवाददाता
९ माघ २०७७, शुक्रबार १८:०७

हेटौंडामा जारी छैंठौ हेटौंडा भेट्रान्स कप ‘एट ए साइड’ फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार भएका सेमिफाइनलका खेलहरुमा बगरभाई खलक पोखरा र सानो गौचरण फाइनलमा प्रवेश गरेका छन । आजको पहिलो सेमिफाइनल खेलमा बगरभाई खलकले बगरभाइ खलकले चावहिल भेट्रान्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलको ३५ औं मिनेटमा मनोज गुरुङले गरेको गोलले बगरभाई खलकलाई फाइनलमा प्रवेश गराएको थियो । खेलको म्यान अफ द म्याच पनि बगरभाई खलक पोखराका मनोज गुरुङनै घोषित भएका छन् ।

यस्तै आजको अर्को सेमिफाइनल खेलमा सानो गौचरण काठमाडौले हेटौंडा भेट्रान्स सुपर लाई २ १ गोल अन्तरमा पराजित गरेको छ । सानो गौचरण काठमाडौका तर्फबाट खेलको १७ औं मिनेटमा प्रमोद पाठकले गोल गरेका थिए भने १९ औं मिनेटमा नरेश श्रेष्ठले अर्को गोल गरे । खेलको ४२ औ मिनेटमा हेटौंडा भेट्रान्स सुपरका तर्फबाट जंगे बहादुर जंगेवाले एक गोल फर्काए पनि अन्तत हेटौंडा भेट्रान्स सुपर पराजित भएको थियो ।

शनिबार दिउसो २ बजे छैंठौ हेटौंडा भेट्रान्स कप ‘एट ए साइड’ फुटबल प्रतियोगिताको फाईनलमा बगरभाई खलक पोखरा र सानो गौचरण बिच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक कविन सांगामीले बताए । नकआउट चरणमा खेलाईएको खेलको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया तथा शिल्ड, द्धितिय हुने समुहले नगद ५१ हजार १ सय ११ रुपैया सहित शिल्ड र उत्कृष्ठ खेलाडीले १० हजार नगद पुरुस्कार प्राप्त गर्ने सांगामीले बताए । खेलमा उत्कृष्ट मिडफिल्डर,फरवर्ड्, डिफेन्डर, गोलकिपर र समुह कोचलाई समेत जनही ५ हजार पुरस्कार प्रदान गरीने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*