हेटौंडा भेट्रान्स कपः चावहिल,सानोगौचरण, हेटौंडा र बगरभाई सेमिफाइनलमा प्रवेश

संवाददाता
८ माघ २०७७, बिहीबार १९:२२

सिधाखबर \ हेटौंडाको हुप्रचौरमा जारी छैठौं हेटौंडा ‘भेट्रन्स’ कप ‘एट ए साइड’ फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा चावहिल ‘भेट्रन्स’ विजयी भएको छ । डिल्लीबजार ‘भेट्रान्स’लाई ‘टाईब्रेकर’मा ३-१ गोलअन्तरले पराजित गर्दै चाबहिल ‘भेट्रन्स’ विजयी भएको हो । यस्तै आजको दोस्रो खेलमा सानो गौचरण ‘भेट्रन्स’ ले जोरपाटी ‘भेट्रान्स’लाई १-० गोल अन्तरले पराजित गरेको छ । खेलमा उदय गुरुङको गोल नै जितको लागी निणर्यक बनेको थियो । खेलको ‘म्यान अफ द म्याच’ सानो गौचरणका पञ्च ज्ञान महर्जन भएका छन् ।

आजको तेस्रो खेलमा हेटौंडा ‘भेट्रान्स’ सुपरले फुटसल ‘भेट्रान्स’ हेटौंडालाई ३-० गोल अन्तरले पराजित गरेको छ । खेलको ‘म्यान अफ द म्याच’ हेटौंडा ‘भेट्रन्स’सुपरका एल.बि आले घोषित भएका छन । खेलमा हेटौंडा भेट्रान्सका तर्फ बाट ज्ञानु क्षेत्री, नवराज बज्राचार्य, अधिकार राईले गोल गरेका थिए ।

No description available.

आजको अन्तिम तथा चौथो खेलमा बगरभाई खलक पोखराले आयोजक हेटौंडा ‘भेट्रान्स’ लाई १-० गोल अन्तरमा पराजित गरेको छ । खेलमा मनोज गुरुङको गोल नै निणर्यक बन्यो । खेलको म्यान अफ द म्याच हेटौंडा ‘भेट्रान्स’का अनल आचार्य घोषित भएका छन् । यो सँगै चावहिल ‘भेट्रान्स’ ,सानोगौचरण ‘भेट्रान्स’ , हेटौंडा ‘भेट्रान्स’ सुपर र बगरभाई खलक ‘भेट्रन्स पोखरा सेमिफाइनल प्रवेश गरेका छन् ।

शुक्रबार दिउँसो १ः०० बजे हेटौंडा ‘भेट्रन्स’ सुपर र साना गौचरण बिच तथा चाबहिल भेटरन्स र बगरभाई खलक भेटरन्स बिच सेमिफाइनलका खेलहरु हुनेछन भने शनिवार फाइनल खेल हुनेछन् ।प्रतियोगिताको बिजेताले प्रमाण पत्र, शिल्ड् र नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, उपबिजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*