बेलायतमा कोरोना संक्रमणबाट एकै दिनमा १ हजार ८२० को निधन

संवाददाता
८ माघ २०७७, बिहीबार ०३:५९

बेलायत/ बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै जाने क्रममा गत २४  घण्टामा मृत्यु हुनेहरूको संख्याले नयाँ रेकर्ड क़ायम गरेको छ । कोरोना संक्रमणको दोस्रो लहरको कहर खेपिरहेको बेलायतमा आज एकै दिनमा १ हजार  ८२० जनाको निधन भएको छ। यो संख्या आजसम्मकै उच्च हो । आज बुधबार सांझ सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ३८ हजार ९०५ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

आजसम्मको तथ्यांकमा बेलायतमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९३ हजार २९० पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*