भेट्रान्स कपमा आज नकआउटको दुई र क्वाटरफाइनलको दुई खेल

संवाददाता
७ माघ २०७७, बुधबार १८:२५

हेटौंडाको हुप्राचौरमा जारी हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगितामा आज ४ खेलहरु भएका छन् । बुधबार भएको खेलहरुमा नकआउट चरणको पहिलो खेलमा बगरभाई खलक पोखरा विजयी भएको छ ।

हाम्रो वीरगंज भेट्रान्ससँग भएको खेलमा बगरभाई खलक पोखरा विजयी भएको हो । खेलको निर्धारित समयसम्ममा दुवै समुहबाट १–१ गोलको बराबरी भएको थियो । खेलमा हाम्रो वीरगंज भेट्रान्सको मनोज चौधरी र बगरभाई खलक पोखराको मनोज गुरुङ्ले एकएक गोल गरेका थिए । ट्राईब्रकेरमा भएको खेलमा बगरभाई खलक पोखरा ३–२ गोलअन्तरले बिजयी भएको हो ।

त्यस्तैगरि आजको दोस्रो खेलमा हेटौंडा भेट्रान्स सुपर विजयी भएको छ । खेलको निर्धारित समयसम्म दुवै समुहबाट एक गोलपनि हुन नसकेपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिईएको थियो । ट्राईब्रेकरमा सिमरा भेट्रान्सलाई ४–३ गोलअन्तरले हराउदै हेटौंडा भेट्रान्स सुपर विजयी भएको हो ।

No description available.

आजै बाट क्वाटरफाईनलका खेल पनि सुरु गरिएको छ । आज भएको पहिलो क्वाटरफाइन खेलमा चावहिल भेट्रान्स विजयी भएको छ । बौद्व भेट्रान्स र चावहिल भेट्रान्सबीच भएको खेलमा चावहिलले १–० गोलअन्तरमा जीत आफ्नो पोल्टामा पारेको हो । चावहिललाई जीत दिलाउन सरोज थापाले गरेको एक गोल नै निर्णायक बन्यो ।

त्यस्तै, क्वाटर फाइनलको दोस्रो खेलमा सानो गौचरण काठमाडौं विजयी भएको छ । भनिमण्डल भेट्रान्सलाई १–० गोलअन्तरले हराउदै सानो गौचरण विजयी भएको हो । सानो गौचरणको लागि नरेश श्रेष्ठले गरेको १ गोल नै विजयी गोल बनेको हो । नकआउट चरणमा खेलाइएको खेल प्रतियोगिताको १० गते फाईनल हुनेछ । प्रतियोगितामा बिजेताले प्रमाण पत्र, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ रुपैया, उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*