भेट्रान्स कपको चार खेलः बौद्ध,चाबहिल,भनिमण्डल र सानो गौचरण विजयी

खबरबाकस \ हेटौंडाको हुप्रचौरमा जारी हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगितामा मंगलबार भएको पहिलो खेलमा बौद्ध भेट्रान्स काठमाडौ विजयी भएको छ । बौद्धले एविसी भेट्रान्स पोखरालाई १-० गोल अन्तरले पराजित गरेको हो । बौद्ध भेट्रान्सको तर्फबाट खेलको ३० औ मिनेटमा पासाङ्ग लामाले गरेको गोलनै निर्णायक गोल बन्न सफल भएको थियो । खेलको म्यान अफ द म्याच पासाङ्ग लामा भएका थिए ।
दोस्रो खेलमा अभिषेक चर्च नवलपरासी र चाहविल भेट्रान्स काठमाडौं बिचको खेलमा चाहविल भेट्रान्स काठमाडौले अभिषेक चर्च नवलपरासी लाई १-० गोल अन्तरले पराजित गरेको छ । खेलको १० औ मिनेटमा अजब श्रेष्ठले गरेको गोल नै चाहविल भेट्रान्स काठमाडौका लागी निर्णायक बनेको थियो भने चावहिलकै राजेश शाही म्यान अफ द म्याच भएका थिए ।
त्यस्तै आजैको तेस्रो खेलमा एक्स भेट्रान्स पोखरा र भनिमण्डल भेट्रान्स काठमाडौंबीचको खेलमा भनिमण्डल काठमाडौ २-० गोल अन्तरले विजयी भएको छ । भनिमण्डल भेट्रान्स काठमान्डौका लागी शुक्र तामाङले चौथो मिनेटमा र डम्वर बिक्रम शाहले १५ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच शुक्र तामाङ भएका थिए ।
त्यस्तै आजको चौथो तथा अन्तिम खेल अन्तर्गत सानो गौचरण काठमाडौं र मोरङ भेट्रान्सबीच खेलमा सानो गौचरण काठमान्डौले मोरङ भेट्रान्सलाई २-० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच नरेश श्रेष्ठ भएका थिए । सानो गौचरणका लागी ३८ औं मिनेटमा नितिन गुरङ र ३९ औं मिनेटमा नरेश श्रेष्ठले गोल गरेका थिए ।
भोली ७ गते बगरभाई खलक पोखरा र हाम्रो वीरगञ्ज भेट्रान्सबीच पहिलो खेल हुने र दोस्रो खेल हेटौंडा भेट्रान्स सुपर र सिमरा भेट्रान्स बीच हुने आयोजकले जनाएको छ । भोली नै क्वाटर फाइनलका खेलहरु सञ्चालन गरिने कार्यक्रम संयोजक कविन साँगामीले बताए । नकआउट चरणमा खेलाइएको खेल प्रतियोगिताको १० गते फाईनल हुनेछ । प्रतियोगितामा विजेताले प्रमाण पत्र, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ रुपैया, उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछन ।