हेटौडा भेट्रान्स कपमा आज चार खेल हुदैं

हेटौडाको हुप्राचौरमा हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल खेलको छैंटौ संस्करण सोमबारबाट हेटौंडामा सुरु भएको छ । सोमबार चार खेल भएको थियो । आज मंगलबार पनि चार खेल हुने खेलको कार्यक्रम संयोजक कविन साँगामीले बताए । आज हुने पहिलो खेल एविसी भेट्रान्स पोखरा र बौद्ध भेट्रान्स काठमाडौं भिड्ने छन् । दोस्रो खेलमा अभिषेक चर्च नवलपरासी र चाहविल भेट्रान्स काठमाडौंबीच हुनेछ ।
त्यस्तै आजै हुने तेस्रो खेलमा एक्स भेट्रान्स पोखरा र भनिमण्डल भेट्रान्स काठमाडौंबीच हुनेछ । आजको अन्तिम खेल सानो गौचरण काठमाडौं र मोरङ भेट्रान्सबीच हुने साँगामीले बताए । भोली ७ गते बगरभाई खलक पोखरा र हाम्रो वीरगञ्ज भेट्रान्सबीच पहिलो खेल हुने र दोस्रो खेल हेटौंडा भेट्रान्स सुपर र सिमरा भेट्रान्स बीच हुने आयोजकले जनाएको छ ।
नकआउट चरणमा खेलाइएको खेल प्रतियोगिताको १० गते फाईनल खेल हुनेछ । छैटौ संस्करणको प्रतियोगितामा विजेताले प्रमाण पत्र, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ रुपैया, उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछन् ।