भेट्रान्स कपको चार खेलः हेटौंडा, डिल्लीबजार, जोरपाटी र फुटसल भेट्रान्स हेटौंडा विजयी

भेट्रान्स कप एट ए साइड फुटबल खेलको छैंटौ संस्करण आज देखी हेटौंडामा सुरु भएको छ । खेलको हेटौडा उपमहानगरका मेयर हरिबहादुर महतले खेलको उद्घाटन गर्नु भएको हो ।
प्रतियोगिताको पहिलो खेल आज आयोजक हेटौंडा भेन्ट्रान्स र कोल्वी भेन्ट्रान्स बीचभएको थियो । खेलमा हेटौंडा भेन्ट्रान्सले कोल्वी भेन्ट्रान्सलाई ६-१ गोलको अन्तरले पराजित गरेको छ । कोल्बीको तर्फबाट परदेशी चौधरीले सान्तवना गोल गरेका थिए भने हेटौडा भेन्ट्रान्सको तर्फबाट कृष्ण मालाकारले ४ गोल बालकुमार गुरुङ र निमा लामाले १-१ गोल गरेका थिए । यो खेलको म्यान अफ द म्याच कृष्ण मालाकार घोषित भएका थिए । खेल २०-२० मिनेट गरी ४० मिनेट खेलाईएको थियो ।
यस्तै आजको दोस्रो खेलमा पशुपत्ति भेट्रान्स हेटौडालाई डिल्ली बजार भेट्रान्स काठमाडौले १-० गोलले पराजित गरेको छ । डिल्लीबजारका लागी उज्वल श्रेष्ठले गोल गरेको थिए जुन जितका लागी निर्णायक बन्यो । उक्त खेलको म्यान अफ द म्याच पनि उज्ज्वल श्रेष्ठ नै घोषित भएका थिए ।
त्यस्तै आजको तेस्रो खेलमा जोरपाटी भेट्रान्सले चितवन भेट्रान्सलाई १-० गोल अन्तरले पराजित गरेको छ । जोरपाटिका लागी एकमात्र गोल दिपक लामाले गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच जोरपाटीका दिपक लामा भएका थिए ।
आजको चौथो तथा अन्तिम खेलमा फुटसल भेट्रान्स हेटौडाले र वीरगञ्ज युथ एकेडेमी लाई १-० गोलले पराजित गरेको छ । फुटसल हेटौंडाका लागी सन्तोष श्रेष्ठले एकमात्रै निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वीरगन्ज युथका रितु शाक्य भएका थिए ।
छैटौ संस्करणको प्रतियोगिताको विजेताले प्रमाण पत्र, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ रुपैया, उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गर्ने छन । खेलमा २० वटा टिम सहभागिता जनाएका छन् । खेलको १० गते फाइनल प्रतियोगिता हुनेछ ।