बेलायतमा १३ लाखलाई कोरोना विरुद्धको खोप लगाइयो

हेटौंडा \ युरोपको सबैभन्दा बढी प्रभावित मुलुक बेलायतमा १३ लाख नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको छ । कोरोना विरुद्धको खोप प्रयोगका लागि आपतकालीन स्विकृति दिने विश्वकै पहिलो मुलुक बेलायतमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि त्यहाँका नागरिकलाई खोप लगाउन थालिएको हो ।
अमेरिकी औषधि उत्पादक कम्पनी फाइजर र बायोएनटेकले विकास गरेको कोरोना विरुद्धको खोपका लागि बेलायतमा अनुमति दिएको एक महिनाको अवधिमा १३ लाख नागरिकलाई खोप लगाइएको हो ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले मुलुकमा कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राखि सुरु गरिएको खोप अभियान अन्तर्गत हालसम्म १३ लाख नागरिकलाई कोरोना विरुद्धको खोप दिइएको जानकारी दिएका हुन् ।
उनले हालसम्म मुलुकमा १० लाखभन्दा बढी मानिस कोरोनाका कारण सङ्क्रमित भएको र अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएकाले जोखिम झन् बढ्न सक्ने भएकाले सबैलाई खोपको पहुँचमा पु¥याउनका लागि खोप अभियान सुरु गरिएको बताएका छन् ।
बेलायतमा कोरोनाको बढ्दो जोखिमका कारण हिजोदेखि लागू हुने गरि देशव्यापी लकडाउन जारी गरिएको छ ।