बेलायती प्रधानमन्त्रीको भारत भ्रमण स्थगित

काठमाण्डाै – बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री जोनसनले भारतीय प्रधानमन्त्रीलाई फोन गरी आफू पूर्व योजनाअनुसार भारत आउन नसकेको भन्दै दुःख प्रकट गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
जोनसनले यसै वर्ष बेलायतमा आयोजना हुने अति विकसित राष्ट्रहरूको समूह (जी–७) सम्मेलनमा भारतलाई अतिथि देशका रूपमा सहभागिता जनाउन निमन्त्रणा दिने कार्यक्रम रहेको थियो ।