बेलायतमा एकै दिनमा ६० हजारभन्दा बढी कोरोना संक्रमित, ८३० को मृत्यु

संवाददाता
२२ पुष २०७७, बुधबार ०२:४८

लन्डन \  बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको छ । कोरोना संक्रमणको दोस्रो लहरको कहर खेपिरहेको बेलायतमा आज एकै दिनमा ६०  हजारभन्दा बढी संक्रमित भएका छन् । आज मंगलवार सांझ सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ६० हजार ९१६ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यो संख्या दोस्रो लहर शुरु भए यताकै उच्च हो । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या २७ लाख ७४ हजार ४७९ पुगेको छ ।

यसैगरी, बेलायतमा कोरोना मृतक संख्या पनि ७६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ८३० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । योसंगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ हजार ३०५ पुगेको छ । युरोपमा मृतक संख्याको आधारमा अहिलेसम्ममा इटालीपछी बेलायत दोस्रो स्थानमा रहे पनि जाना २४ जनाको  संख्याले मात्रै बढ़ी छ। इटालीमा कोरोना संक्रमणका कारण ७६ हजार ३२९ जनाको मृत्यु भैसकेको छ ।

कोरोना संक्रमणका कारण विश्वभर १८ लाख ७१ हजार ४५२ जनाको ज्यान गैसकेको छ भने ८ करोड ६६ लाख २४ हजार ९०९ जना संक्रमित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*