कोरोनाको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरि लकडाउनकाे घोषणा

काठमाण्डौ \ कोरोनाको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरि लकडाउनकाे घोषणा भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले लकडाउन घोषणा गर्दै सबैजनालाई घरभित्रै बस्न आग्रह गर्नुभएको छ । आउँदो फेब्रुअरी महिनाको मध्यतिरसम्म लकडाउन हुने अनुमान गरिएको छ ।
बेलायतमा कोरोनाको नयाँ प्रकारको भाइरस देखा परेसँगै विभिन्न देशहरुले बेलायतसँगको हवाई उडानहरु स्थगित गरेका छन् । बेलायतसहित अरु थुप्रै देशहरुमा अहिले कोरोनाको नयाँ प्रकारको सङ्क्रमण देखा पर्न थालिसकेको छ । लकडाउन घोषणा भए पनि आजदेखि स्कुल, कलेज र विश्वविद्यालय खुलेका छन् ।