कोरोना खोप : बेलायतले फाइजर कम्पनीको खोपलाई दियो अनुमति

संवाददाता
१७ मंसिर २०७७, बुधबार १७:१०

काठमाण्डौ \  बेलायत फाइजनर–बायोटेक कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि विश्वव्यापी रूपमा अनुमोदन गर्ने विश्वको पहिलो देश बनेको छ ।

बेलायतको नियामक, एमएचआरएले खोप कोरोनाका बिरामीका लागि ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको र प्रयोगका लागि सुरक्षित देखिएको बताएको हो ।

केही दिनभित्रै उच्च प्राथमिकतामा रहेको समूहलाई खोप दिन सुरु गरिने बताइएको छ । बेलायतले यसअघि नै चार करोड खोपको डोज माग गरिसकेको छ । प्रत्येकले खोपको दुई डोज दिइनेछ, अर्थात् अहिले दुई करोड जनाले खोप लगाउन पाउनेछन् ।

फाइजर कम्पनीको खोप सबैभन्दा छिटो विकसित भएको खोप हुनेछ, जसलाई बनाउन १० महिना लाग्यो ।सामान्यतया यस्तो खोप तयार हुन एक दशकसम्म लाग्ने गर्दछ । ​ यद‍्यपि विशेषज्ञहरूका अनुसार खोपको प्रयोगपछि पनि मानिसहरूले सङ्क्रमण नफैलिन दिन नियमहरूको पालना गर्नुपर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*