शुक्रबार साँझ मकवानपुरमा २१ जनामा कोरोना पुष्टि

खबर बाकस \ मकवानपुरमा शुक्रबार साँझ थप २१ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार साँझ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप २१ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।
हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा ८ महिला र १३ जना पुरुष रहेका छन्, ।
हेटौंडा उपमहानगरका विभिन्न वडाका २० जना रहेका छन्, । त्यस्तै, चितवन घर भएको १ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वाब ५ गते संकलन गरिएको थियो ।