शुक्रबार एकैदिन ५ हजारभन्दा धेरैले कोरोना जिते

संवाददाता
५ मंसिर २०७७, शुक्रबार १८:१२

काठमाण्डौ \  नेपालमा शुक्रबार एकैदिन पाँच हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार पाँच हजार तीन सय ६४ जना कोरोनामुक्त भएका हुन् । योसँगै अहिलेसम्म एक लाख ९१ हजार दुई जनाले कोरोनालाई जितेका छन् ।

यस्तै गएको २४ घण्टामा एक हजार नौ सय ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । १० हजार तीन सय ४० जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय ४५ जनामा सङ्क्रमण देखिएको हो । यो सँगै सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार नौ सय ६५ पुगेको छ ।

अब नेपालमा २४ हजार ६ सय ६५ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी गएको २४ घण्टामा २२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ सय ९८ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*