नेपालमा थप १९४५ जनामा कोरोना संक्रमण

संवाददाता
५ मंसिर २०७७, शुक्रबार १७:५५

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५३६४ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ९१ हजार २ जना पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार २९८ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*