विहीबार साँझ मकवानपुरमा २५ जनामा कोरोना पुष्टि

खबर बाकस \ मकवानपुरमा विहीबार साँझ थप २५ जनामा कोरोना पुष्टि भएको छ । विहीबार साँझ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप २५ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।
हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा ९ महिला र १६ जना पुरुष रहेका छन्, ।
हेटौंडा उपमहानगरका विभिन्न वडाका २१ जना रहेका छन्, । त्यस्तै, मनहरीका २ जना र मकवानपुरगढीका २ जना गर ि२५ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वाब ४ गते संकलन गरिएको थियो ।