नेपालमा थप २१०३ जनामा कोरोना पुष्टि

संवाददाता
४ मंसिर २०७७, बिहीबार १६:३९

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २१०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २८५८ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार २७६ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*