मकवानपुरको बागमतीमा ४ बर्षीया बालिकाको हत्याः दुइ जना पक्राउ

खबरबाकस \ मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकामा वडा नम्बर ७ मा ४ बर्षीया बालिकाको हत्या भएको छ । बागमती गाउँपालिका वडा नम्बर ७ लामीटार बस्ने शेर बहादुर पाख्रिनकी ४ बर्षीया छोरी रुबिना पाख्रिनको हत्या गरिएको हो ।
हत्यामा संलग्न २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता / प्रहरी नायब निरीक्षक इन्द्र बहादुर रानाका अनुसार घटनाको प्रकृति हेर्दा ४ बर्षीया बालिकालाई ढुङ्गा हानेर हत्या गरेको हुन सक्ने र घटनामा संलग्न २ जनालाई बुधबार रातिनै पक्राउ गरिसकेको बताउनुभयो ।
घटनास्थलमा भेटिएको ढुङ्गामा रगत लतपतिएको र घटनाको प्रकृति हेर्दा ढुङ्गाले हानेर हत्या गरेको जस्तो देखिन्छ, घटनामा संलग्न २ पुरुषलाई पक्राउ गरिसक्यौ’ प्रवक्ता रानाले बताउनुभयो ।
मकवानपुर बागमती गाउँ पालिका वडा नम्बर ७ लामाटार बस्ने शेर बहादुर पाख्रिनकी ४ बर्षीया छोरी रुबिना पाख्रिन हिजो दिउँसो घरबाट हराएको र उनलाई स्थानीय मोन्छाई खोलामा रगताम्मे अवस्थामा उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याईएकोमा मृत्यु भएको थियो । मकवानपुर प्रहरीले थप अनुसन्धानको लागि घटनास्थलमा र पक्राउ परेका माथि अनुसन्धान भइरहेको जनाइएको छ ।