मानहुँकोट घुम्‍न आएका युवा मृत भेटिए

संवाददाता
३ मंसिर २०७७, बुधबार १५:५३

तनहुँ \  व्यास नगरपालिका–५ मानहुँकोटमा क्याम्प फायरिङमा बस्न आएका युवा मृत भेटिएका छन्। साथीसँग घुम्न मानहुँकोटमा आएका शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका करिब ३५ वर्षीय सागर थापा मृत भेटिएका हुन् ।

मंगलबार राति साथीसँग क्याम्प फायरिङमा बसी रमाइलो गरेर बुधबार बिहान स्थानीय सुकराम थापाको घरमा सुतेका सागर मृत भेटिएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

‘साथीहरू मानहुँकोटको अन्य स्थान घुम्न गएका थिए, घुमेर घर फर्किनका लागि सागरलाई उठाउँदा सागर उठेका थिएनन्,’ तितिमिल्सनाले भने।

उनीसँग आएका साथीहरुले रातभर नाचगान गरेर रमाइलो गरेपछि उनी बिहान सुत्छु भनेर गएको तर अबेरसम्म पनि न उठेको उनको भनाइ छ। ‘सागर लगायत १०र१२ जना युवाहरुको समूह रातभर बास बसेर रमाइलो गरेका रहेछन्, केही समय आराम गर्छु भनेर सागर सुतेका रहेछन्, घर फर्किने बेलामा उठाउँदा मृत भेटिएछन्, डिएसपी तिमिल्सिनाले भने, ‘थप अनुसन्धानका लागि घटनास्थलमा आएका छौं।’

सागर सुतेपछि उनका अन्य साथीहरु भने घुम्न निस्किएका थिए। घर फर्कने बेलामा उठाउँदा मृत्यु भइसकेको जानकारी पाइएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*