नेपालमा थप ११९७ जनामा कोरोना संक्रमण

संवाददाता
१ मंसिर २०७७, सोमबार १८:३२

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ११९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या २ लाख १० हजार ९७३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २९३४ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ६७ हजार ३६४ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार २३० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*