धनुषामा श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने एक पक्राउ

संवाददाता
२९ कार्तिक २०७७, शनिबार १७:४८

धनुषा \  धनुषामा श्रीमती र छोरीलाई एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्, । श्रीमती आरती साह र तीन वर्षीया छोरी रिया साहमाथि एसिड प्रहार गर्ने सञ्जीव साह पक्राउ परेका धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

उनीहरु केही समयदेखि छुट्टाछुट्टै बस्दै आएका र शनिबार बिहान श्रीमतीको कोठामा पुगेर सञ्जीवले दुवै जनालाई एसिड प्रहार गरेका र घटना भएको केही समयमै उनलाई पक्राउ गरिएको एसपी बस्नेतले जानकारी दिनुभयो ।

अहिले पीडितहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको र थप उपचारका लागि काठमाण्डौ लगिएको उहाँले बताउनुभयो । आरती साहको अनुहारसहित पेट र छातीलगायत शरीरको विभिन्न भागमा एसिड लागेको र छोरीको टाउको तथा बायाँ हातमा एसिड लागेको एसपी बस्नेतले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*