नेपालमा थप १९४६ जनामा कोरोना संक्रमण

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १९४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २५०३ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ७० हजार ६३२ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार २१५ पुगेको छ ।