नेपालमा थप २१११ जनामा कोरोना संक्रमण

संवाददाता
२८ कार्तिक २०७७, शुक्रबार १८:४७

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २१११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३५३७ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ६८ हजार १२९ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार २२ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार २०२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*