बागमती प्रदेश प्रहरी कार्यालयको बहुउद्देश्यीय भवनको उद्घाटन

संवाददाता
२८ कार्तिक २०७७, शुक्रबार १४:२०

खबरबाकस \ बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको आज शुक्रबार उद्घाटन गरिएको छ । हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बहुउद्देश्यीय भवनको उद्घाटन गर्नुभएको हो । मेयर महतले भवन निर्माण कार्यमा सहयोग गरेकाहरुलाई कदरपत्र प्रदान गर्नुका साथै निर्माण कार्यमा खटिने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कार वितरण गर्नुभएको थियो ।

बागमती प्रदेश प्रहरी कर्यालयले विभिन्न दाताहरुको सहयोगमा एक करोड एक लाख ४८ हजार २५९ रुपैयाँको लागतमा बहुउद्देश्यीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ । प्रहरीको आन्तरिक सभा, सम्मेलन तथा प्रशिक्षण गतिविधि संचालन गर्ने र व्यायमशाला, व्याडमिण्टन, टेबलटेनिस लगायतका खेलकुद कार्यक्रम समेत संचालन गर्न मिल्ने गरी बहुउद्देश्यीय भवनको निर्माण गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता/प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिनुभयो ।

बहुउद्देश्यीय भवनको उद्घाटन कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्त लामा लगायत प्रदेश प्रहरी कार्यालय मातहत प्रहरी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*