खसी कप भलिबलको उपाधि सुकौरालाई

संवाददाता
२७ कार्तिक २०७७, बिहीबार १९:४८

मकवानपुरगढी गाउँपालिका स्तरीय सञ्चालन भएको खसी कप भलिबल प्रतियोगिताको उपाधि मकवानपुरगढी ६ सुकौराले जितेको छ । पाँच वेस्टमा खेलेको खेलमा क्रमशः सुकौरा र जुनतारा क्लब आमभञ्ज्याङबीचमा २५-२२ (सुकौरा), २५-१९ (जुनतारा), २५-१९(जुनतारा), २५-२३ (सुकौरा), १६-१४ (सुकौरा) खेल भएको थियो ।

वडा नम्बर ५ सिमलटारमा रहेको आमभञ्ज्याङ युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा गढी ८ बुढिचौर, गढी ७ सुकौरा, गढी ५को आमभञ्ज्याङ युवा क्लबका ए र बि, गढी ६को सनराइज युवा क्लब, जुनतारा क्लब ए र बि र गढी २ को शिकरकटेरी युवा क्लब गरी ८ वटा टिम प्रतियोगितामा सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष राजेश अधिकारीले बताए ।

विजेता बनेको सुकौरालाई र उपविजेता बनेको जुनतारा क्लबलाई खसी, मेडल प्रदान गरिएको थियो । वडा नम्बर ५ का वडा अध्यक्ष जीत बहादुर घिमिरेको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण गरिएको थियो ।

खेलको उत्कृष्ट खेलाडी गढी ७ सुकौराका राज थिङ बनेका थिए । कार्यक्रममा मुख्य रेफ्री शंकर कार्की र रेफ्रीद्धय ओम बहादुर मोक्तान र रोमण कुमार झा, सिमलटार टोलविकास संस्थाका अध्यक्ष जयराम तिमल्सिना, बुङदल सामुदायिक वन समूहका अध्यक्ष चन्द्र प्रसाद दुलाल लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*