बुधबार साझँ मकवानपुरमा २४ जनामा कोरोना पुष्टि

संवाददाता
२७ कार्तिक २०७७, बिहीबार ०५:५७

 खबर बाकस \  मकवानपुरमा बुधबार साझँ थप २४ जनामा कोरोना पुष्टि भएको छ । बुधबार साझँ सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप २४ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।

हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा ९ महिला र १५ जना पुरुष रहेका छन्, ।

हेटौंडा उपमहानगरका विभिन्न वडाका २१ जना रहेका छन्, । त्यस्तै, जिल्ला बाहिर ठेगाना भएका ३ जना गरी २४ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वाब २६ गते संकलन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*