नेपालमा थप २५६९ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २ लाख नाघ्यो

संवाददाता
२६ कार्तिक २०७७, बुधबार १६:३२

काठमाडौं \ २४ घण्टामा देशभर थप २५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १६६६ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार १७४ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*