महिला आवाजको २२ औं सभा, साढे ५ करोड भन्दा बढी ऋण लगानी

खबर बाकस \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको महिला आवाज बचत तथा ऋण सहकारी संस्थाको आज २२ औं साधारण सभा भएको छ । दशौं निर्वाचान समेत रहेकोले संस्थाले १५ दिन लगाएर गत कार्तिक १२ गते सुरु भएको समुहगत भेला आज बुधबार सम्पन्न भएको हो ।
गाउँपालिकाको अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यतामा साधारण सभा भएको हो । भेलालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष हुमागाईले कोभिड १९ को यस्तो महामारीको प्रतिकुल अवस्थामा पनि समुहगत रुपमा सभा गरिएको प्रति शुभकामना दिदैं सहकारीले अब व्यवसायिक खेति र पशुपालनमा लगानी गर्न आग्रह गरे ।
उनले संस्थाबाट सदस्यले लिएर गएको ऋण सहि सदुपयोग गरेको छ या छैन भनि अनुगमन गरि कृषि, पशु र लघुउद्यममा कर्जा दिन अनुरोध गरे । एउटै उद्देश्य भएका सहकारी संग एकिकरण गरि संस्थाको आर्थिक पक्ष बलियो बनाउन सुझाव दिएका थिए ।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष बखान सिं पाख्रिन, स्वास्थ्य चौकी प्रमुख प्रकाश श्रेष्ठ, निर्वाचन समितिका संयोजक हरि प्रसाद हुमागाई, ग्रामिण महिला सेवा केन्द्रका अध्यक्ष उर्मिला कार्की पुडासैनी, संस्थाका पूर्व अध्यक्ष माया तामाङ, मिना चौरेल लगायतको उपस्थिती रहेको थियो ।
सहकारीले आफ्ना शेयर सदस्यलाई ५ करोड ७९ लाख ९२ हजार ७८३ ऋण लगानी गरेको छ । ८९ लाख ३७ हजार ९सय शेयर पुँजी रहेको संस्थामा ३ करोड ९६ लाख १९ हजार ४६२ बचत रहेको छ । एक हजार २५० शेयर सदस्य संस्थामा रहेका छन् भने संस्थाले ५ लाख ४८ हजार २४८ नाफा गर्न सफल रहेको छ । सभा संस्थाका अध्यक्ष तेजकुमारी अस्थानीको सभाध्यक्षतामा भएको थियो ।