युनिक सोपका सावुन सरफ अब बजारमा…

खबरबाकस \ हेटौंडा ८ औद्योगिक क्षेत्रमा २ वर्ष देखि बन्द अवस्थामा रहेको युनिक सोप नयाँ व्यवस्थापनका साथ पुन संचालनमा आएको छ ।
आज बुधबार हेटौंडा औद्योगिक व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कंडेल र औद्योगिक महासंघका निवर्तमान अध्यक्ष माधव अधिकारीले युनिक सोप एण्ड केमिकल ईण्डष्ट्रिजको उद्घाटन गरेका थिए ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष कृष्ण गुप्ता अग्रवाल, उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष नवराज अर्याल, संघकै प्रथम उपाध्यक्ष स्वागतराज प्याकुरेल, मकवानपुर चेम्बर अफ कर्मशका अध्यक्ष विजय कुमार श्रेष्ठ, औद्योगिक क्षेत्रका उद्योगीहरु त्था संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
युनिक सोप एण्ड केमिकल ईण्डष्ट्रिजले ३ थरिका सरफ, भाडाँमाझ्ने सावुन, लुगा धुने नाङ्गो सावुन र ३ महिना पछि स्याम्पु पनि उत्पादन गरिने युनिक सोप एण्ड केमिकल ईण्डष्ट्रिजका प्रवन्धक निर्देशक बुद्धराज अर्यालले बताए ।
पहिला बन्द अवस्थामा रहेको उद्योगमा नयाँ मेसिन प्रयोग गरि नयाँ व्यवस्थापनमा सञ्चालन गरिने उनले बताए । झण्डै ५ करोड लगानीमा सञ्चालनमा आएको उद्योगले दैनिक २४ घण्टा सञ्चालन गर्न सकिए १५ टन सम्म उत्पादन गर्न सकिने अर्यालले बताए ।
हामीले सन रे, उर्जाशक्ती नामक सरफ र लुगा धुने नाङ्गो सावुनर भाडाँमाझ्ने सावुन उत्पादन गरिने बताए ।